पशुपतिनाथ मन्दिरमा अतिरुद्री महायज्ञ हुँदै

साउन महिनामा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मक अति महायज्ञ शुरु हुँदैछ। आज पत्रकार सम्मेलन गरेर साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो।

महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठर महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाइएको छ।

पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए। विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफूलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए।

यस्तै, अतिरुद्री महायज्ञ मूल आयोजक समितिका संयोजक श्रीधर सापकोटाले अहिले अनुशासनहीन भएर मानिसहरु हिँडेको गुनासो पोखे। उनले भगवानबाट प्राप्त हुने कृपाको अभाव भएकोले अहिले खराब अवस्था आएको सुनाए।

सिद्धबाबाको सङ्कल्पलाई आत्मसात गरेर आफूहरुले यस्तो अनुष्ठान गर्न लागेको सुनाए। उनले भने,‘जे जति गर्छौं, आफूहरु मुहूर्तअनुसार नै गर्छौं। दैनिक ५ हजारलाई भोजनको व्यवस्थापन गरिएको छ। भक्तहरुलाई स्वतन्त्र रूपमा दर्शनको व्यवस्था गरिएको छ। त्यसको लागि भोलेन्टियरको पनि व्यवस्था गरिएको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार