भन्सार छली भित्र्याएका १२ लाख बराबरको सामाग्री बरामद

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कपिलवस्तुले पछिल्लो दुई महिनामा अवैध रुपमा नेपाल भित्र्याएका १२ लाख ३९ हजार ३०६ रुपियाँका बराबरका सामग्री बरामद गरेको छ ।बरामद हुने समाग्रीमा कपडा, कसमेटिक समान, सुर्ति, मटर कोशा र औषधी रहेका छन् ।

। विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना क्षेत्रबाट अवैध रुपमा विभिन्न सामाग्री भित्रने गरेको सशस्त्र प्रहरी बल मर्यादपुर डगंरीका प्रहरी निरिक्षक शंकर सिंह सिखको जानकारी दिए । उनका अनुसार अहिले सिमा क्षेत्रमा चेकजाँच कडा पारिएको छ । उनका अनुसार आवत जावत गर्ने मानिसहरु विभिन्न प्रकारका खाद्यान्न समेत ल्याउने गरेका छन् । खुला बोर्डर भएकोले अवैध बाटो हुदै विभिन्न सामानहरु नेपाल भित्रने गरेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार