एमालेको प्रश्न : वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।

‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न छ । उनले विवाह गरेर आउने वित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे । ‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ बर्ष छ । जहाँ पनि कम्तिमा ४/५ बर्ष छ’ उनले भने । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार