वेस्ट इन्डिजविरुद्धको सिरीजका लागि भारतीय टोलीको घोषणा, टिममा परेनन् कोहली

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।

पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।

भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरिकामा हुनेछन् ।

भारतीय टोली

रोहित शर्मा (कप्तान), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, आर अश्विन, रवि बिश्नोई, कुलदीप यादव, भुवनेश्वर कुमार, अवेश खान , हर्षल पटेल, अर्शदीप सिंह

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार