होटलमा किशोरीको मृत्यु प्रकरण : पूर्व प्रेमी पक्राउ

बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् ।

सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो । शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए ।

गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार