एमालेको स्पष्टीकरण : एम अधिकारी गभर्नर होइनन् (पत्रसहित)

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम‍‍. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।एम. अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाएका थिए ।

उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर होइनन् भनिए पनि अरु केही बताइएको छैन । पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार