उपसभामुखका लागि गठबन्धनबाट काँग्रेस सांसद भुसालको मनोनयन दर्ता

प्रतिनिधिसभाको रिक्त उपसभामुख लागि सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् ।

बुधबार संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार