भृकुटीमण्डपको गोदाममा फेरि आगलागी

काठमाडौं महानगरपालिका–२९ स्थित भृकुटीमण्डपमा बुधवार साँझ नियन्त्रणमा आएको भनिएको आगो फेरि सल्किएको छ । बिहीबार बिहान पुनः आगो लागेपछि दुईओटा दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अहिले आगो पूर्णरुपमा निभाइएको छ । समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अंगहरु राखिएको गोदाम घरमा आगलागी हुँदा त्यहाँका सामान पुर्णरुपमा जलेका छन् । समाजकल्याण परिषद्को महत्वपूर्ण कागजात पनि जलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कागजात, गोदाममा राखिएको ह्विलचेयर र कृत्रिम मानव अंगहरु ठुलो परिमाणमा जलेको भएपनि अहिलेसम्म क्षतिको यकिन विवरण आएको छैन । बुधवार साँझ लागेको आगो निभाउन ८ वटा दमकल र ३० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार