ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार