उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता, भोलि मतदान

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ। मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समय तोकिएको छ । उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ ।

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उम्मेदवारी दिनेबारे कुनै निर्णय गरिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार