स्कटल्याण्ड सस्तैमा अल आउट, सोमपाल र आदिलको उत्कृष्ट बलिङ

तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई १ सय ४५ रनको सामान्य लक्ष्य दिएको छ ।

टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५–९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए ।मार्क वाट् १७ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार