शेखर पक्षलाई देउवाको चेतावनी-‘तेस्रो पटक सभापति बन्ने अवस्था नआयोस’

'काम गर्न नदिएकाे गुनासाे'

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई शेखर कोइराला पक्षका नेताहरुले असहयोग गरेको बताएका छन् ।काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे । भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिए ।

देउवाले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् ।

‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’, देउवाले भने । उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए ।

बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार