हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता

हिमालयनमा सिभिल बैंक गाभिने

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ ।  बुधबार यी दुई बैंकले मर्जरको समझदारीमा हस्ताक्षर गरेका हुन् । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको हो । एक्विजेशन भएको हुँदा दोस्रो बजारमा सिभिल बैंकको मात्र सेयर कारोबार रोक्का हुने छ ।

एक्विजेशनपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीइओ अशोक राणा हुने गरेर एक्विजेशन पत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंकले १०० : ८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने छ ।

प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका राणाले नै निरन्तरता पाउने छन्। नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल हुने छन् । हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने छन्।

कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने पनि सहमति बनेको छ ।  यो सहमतिअनुसार सिभिलका उच्च तहका केही कर्मचारीबाहेक कसैले पनि घटुवा भएर जागिर खानुपर्ने अवस्था बन्नेछैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार