उद्योगी–व्यवसायी अमित श्रेष्ठ पक्राउ परेका छन् । अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।
प्रहरीले बुधबार श्रेष्ठको पानीपोखरीस्थित निवासमा समेत छापा मारेको छ। अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । ३३ किलो सुन काण्डमा पनि मुछिएका उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएका हुन्।
यसअघि उनी बिशाल सिमेन्टका सञ्चालक हुन्। अहिले श्रेष्ठ होटल व्यवसायमा संलग्न छन् ।