गभर्नरको बचाउ गर्दै भने घनश्याम भुसालले भने – महाप्रसाद अधिकारी एमालेमा छैनन्

एम अधिकारीबारे भने बताएनन्

नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको दाबी गरेका छन् ।

‘म प्रमुख रहेको नेकपाल एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरैले चासो र जिज्ञासा राख्नु भएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिँदै भुसालले भने, ‘स्वयम् अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नु भएको छ ।’

भुसालले एमालेको कमिटी र विभागमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्ति रहने वैधानिक व्यवस्था पनि नभएको समेत बताएका छन् । तर भुसालले भने खोटाङका एम अधिकारी भन्ने को हो भन्ने विषयमा भने केही बताएका छैनन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा समेत सांसदहरुले यस विषयमा प्रश्न उठाएका थिए । गभर्नर अधिकारीले मंगलबार नै आफू संलग्नता नहरेको दाबी गरिसकेका छन् । नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्यमा रहेको ‘एम अधिकारी, खोटाङ’ को नामको ब्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सर्बत्र आलोचना भइरहेको छ । ।

एमाले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोस्रो नम्बरमा एम अधिकारी भनेर राखिएको छ ।

राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर वा बैंकका कुनैपनि पदाधिकारीलाई कुनै राजनीति दलको कार्यकर्ता तथा पदाधिकारी बन्नबाट वर्जित गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को धारा २१ को ‘क’ मा बैंक सञ्चालकको योग्यता किटान गर्दै भनेको छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

यदि बहालवाला गभर्नर अधिकारी एमालेको आर्थिक तथा योजना विभागको सदस्य नियुक्त भएका हुन् भने उनीमाथि नैतिक सङ्कट आउनेछ ।

एमालेको अर्थ तथा योजना विभाग सदस्य ‘एम.अधिकारी’ को हुन् ?

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार