एमालेको विभागमा सार्वजनिक पदमा रहेका व्यक्ति रहँदैनन् : भूसाल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् ।

भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रश्नको जवाफमा भूसालले लेखेका छन्, ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ । दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार