देउवा सरकारका ४२ उपलब्धी : एमालेको संसद अवरोध अन्त्यदेखि किसानलाई पेन्सनसम्म

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण पनि सरकारको उपलब्धि !

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ ।

बालुवाटारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ ।

सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार