साउनमा बैंककाे ब्याजदर नबढ्ने, निक्षेपमा अधिकतम ११.०३ % नै कायम

साउन महिनामा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो ।

ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदर बढाउनुपर्ने आवश्यकता औल्याइ रहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार