उपसभामुखको निर्वाचन शुक्रबार

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनको निर्वाचन शुक्रबारका लागि तोकेका हुन् । उनले सचिव गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धि सूचना आजै प्रकाशित गर्न निर्देशन दिएका छन् ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि सो पद रिक्त छ । जसका कारण संवैधानिक परिषद्को बैठकदेखि प्रतिनिधिसभाका कामकारबाही प्रभावित भएका छन् ।

यसअघि सांसदहरूले पटक-पटक उपसभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुखले निर्वाचन प्रक्रिया सुरु गरेका थिएनन् । तर, सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित ऐनमा परिवर्तन गर्न विधेयक ल्याएपछि भने उपसभामुख निर्वाचन प्रक्रिया सुरु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार