लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस

औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस गरिएको छ ।  खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले यस्तो सिफारिस गरेको हो ।

हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ। निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

अहिले घरायसी र व्यवसायिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रतिसिलिन्डर ५७१.७८ रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।

उपसमितिको सिफारिस कार्यान्वयनमा आउने हो भने होटेल, रेस्टुरेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यासको प्रतिसिलिन्डर २३७१.७८ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

उपसमितिले दुई थरी मूल्य गर्दा ग्यासको सिलिन्डरको रङ र साइज परिवर्तन गरी घरायसी प्रयोजनका रातो (हालकै साइजमा) र औद्योगिक प्रयोजनका लगि निलो रङ (१९ र ५० तौलको सिलिन्डर) सिफारिस गरेको छ ।

उपसमितिले अर्को विकल्पका रुपमा अहिले बेचिँदै आएको ग्यासको कुल हिस्सामध्ये १५ प्रतिशत औद्योगिक प्रयोजनमा बेच्न लगाउने पनि सिफारिस गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार