नेता भट्टराईले पठाए गृहजिल्लामा स्वास्थ्य सामग्री

Sunrise Bank Middle Size

नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री आज काठमाडौंबाट भट्टराईको गृहजिल्ला ताप्लेजुङ पठाइएको हो ।

उनका स्वकीय सचिव प्रेम गुरागाईँका अनुसार सात थान अक्सिजनसहित अक्सिज सिलिन्डर, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको हो । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको जनाइएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...