सरकारविरुद्ध युवा संघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनुपरेको बताए । उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए । उनले हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार