त्रिवि उपकुलपतिको कार्यलय अगाडी अनेरास्ववीयूको आमरण अनसन

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यलय अगाडि आमरण अनसन सुरु गरेका छन् ।

त्रिविभित्र रहेका विकृति, विसङ्गति र शैक्षिक अपराधिकरण बढेको भन्‍दै उनीहरु १४ बुँदै मागसहित उनीहरु मंगलबारदेखि आमरण अनसन सुरु गरेका हुन् ।

स्ववीयू निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, एम.फिल र पीएचडीलाई नियमित बनाउन, स्रोत, साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने, विदार्थीबाट चर्को शुल्क असुल्ने कार्य गर्ने रोक्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने उनीहरुको माग छ । माग पुरा नभएसम्म अनसन जारी राख्ने अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार