रुसले इरानबाट सयौं ड्रोन खरिद गर्ने प्रयास गरेको अमेरिको आरोप

काठमाडौँ । युक्रेनविरुद्ध चलिरहेको युद्धमा प्रयोग गर्न रुसले इरानबाट सयौं ड्रोन खरिद गर्ने प्रयास गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकाले यी ड्रोनहरूमा हतियारको रूपमा प्रयोग गर्न सकिने ड्रोनहरू पनि समावेश गरेको बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इरानले रुसलाई यी ड्रोन उपलब्ध गराएको हो कि होइन भन्ने तस्वीर स्पष्ट भइ नसकेको बताएका छन् ।

तर उनले अमेरिकाले जानकारी प्राप्त गरेको र इरानले चाँडै यी ड्रोनहरूको प्रयोगमा रूसी सैनिकहरूलाई प्रशिक्षण दिने तयारी गरिरहेको दाबी गरेका छन् ।

उनले भनेका छन् ‘हामीलाई प्राप्त जानकारीले इरान सरकारले रुसलाई सयौं ड्रोन उपलब्ध गराउने तयारी गरिरहेको संकेत गर्छ ।’

जसरी युक्रेनमा रुसको बमबारी बढ्नु यसको संकेत भएको दाबि छ । सुलिभानको बयान राष्ट्रपति जो बाइडेनको इजरायल र साउदी अरबको भ्रमण सुरु हुनुभन्दा एक दिन अघि आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार