साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिएको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार