राष्ट्रियसभा उप-निर्वाचनमा बादललाई मत दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको उप-निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिने भएको छ । राप्रपाले जेठ ६ गते हुन लागेको बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्ने औपचारिक निर्णय गरेको हो ।

राप्रपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवारको पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ ।

बागमतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईज ना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् । राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मत भार ३६ हुन्छ । यस हिसाबले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार