संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्ने क्रममा सो कुरा बताएका हुन्।
मन्त्री श्रेष्ठले भने, ‘यो सबै नेपालीका लागि खुशीको कुरा हो। विश्वका सबैभन्दा धेरै उचाइमा होटल रहेको भन्ने गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा रहेको कुरा छ। यसले नेपाललाई चिनाउनेमध्ये अर्को एउटा बयानको रुपमा होटेल रहन सक्नेछ भन्ने मलाई लागेको छ। पर्यटन क्षेत्रलाई कसरी पहिलेकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ।’
केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने एजेण्डाहरु घोषणा गर्ने उनले बताए। यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो।