महन्थ र उपेन्द्रपछि महेन्द्र राय यादवको साथ बाबुरामलाई

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीमा सुरु भएको छ । बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएका छन् ।

यादव यस भन्दा पहिलो उपेन्द्र यादवको पक्षमा खुलेका थिए । बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् ।

पार्टीभित्रको विवादमा उपेन्द्रको विपक्षमा रहेका राजकिशोर यादव लगायतका नेता भने बाबुरामको बैठकमा सहभागी भएनन् । यसअघि नै उपेन्द्र विरोधी मोर्चा बनाएका इस्तियाक राई र प्रदीप यादव मन्त्री बनेपछि उपेन्द्रको पक्षमा उभिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार