नागरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता

विधयेक फिर्ता लिएर नयाँ ल्याउनु संसदीय समितिकाे अवहेलना भएकाे तर्क

काठमाडौं । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् ।

एमाले सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका हुन् ।

अर्का सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरेका छन् ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर विरोधको सूचना दर्ता गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार