नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुरको एक रिसोर्टमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ घर भई ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाल छन् ।

१६ वर्षीया नाबालिगले असार २६ मा राति सुर्यबिनायक नगरपालिका–१० स्थित चित्तापोलमा रहेको पिस फुल रिसोर्टमा आरोपीले बलात्कार गरेको जाहेरी दिएकी छन् ।

बिहान साढे ७ बजे घटनाबारे सूचना आएपछि आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार