विद्युत प्राधिकरणविरुद्ध आन्दोलन गर्ने युवा संघ बुटवलको चेतावनी

बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा विद्युत अवरुद्ध हुने गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल बुटवलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ती निकाल्दै संघले दैनिक रुपमा विद्युत अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा परेकोले तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ । समस्या तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रने समेत युवा संघको चेतावनी छ । विद्युत अवरुद्ध भएको विषय प्राधिकरणलाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाई नभएको विज्ञप्तीमा उल्लेख छ ।

‘बुटवल उपमहानगरपालिकामा ३०० भन्दा धेरै कलकारखाना रहेका छन् । जसलाई दैनिक रुपमा विद्युत आवश्यक हुन्छ । तर विद्युत प्राधिरकण बुटवलले भने यो कुरामा हेलचेक्राई गरेको छ । जसले गर्दा सर्वसाधरण जनता र कलकारखाना मारमा परेका छन् । यो समस्या तत्काल समधाना नभए हामी विद्युत प्राधिकरणको विरोधमा उत्रने छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार