नामिबियाद्वारा नेपालसामु दुई सय २१ रनको लक्ष्य प्रस्तुत

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड जारी त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनको योगफल तयार गर्‍यो । नामिबियाका लागि जान निकोन लोफ्टि एटनले सर्वाधिक ६० रनको योगदान गरे ।

डिभान लाकक ४१ रनको योगदान गरेर पभेलियन फर्किएका थिए । नेपालको बलिङमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।सोमपाल कामी दुई तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार