नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा चीन विरोधी गतिविधि गर्न नदिने बचन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओलेसँगको भेटमा प्रचण्डले नेपाल सरकार आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताए । उनले नेपाल र चिनबीचको सम्बन्ध सधै उत्कृष्ट रहेको बताए ।

नेपाल भ्रमणमा रहेको लिउले आज प्रचण्डको निवास खुमलटार पुगेर उनलाई भेटेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार