अनेरास्ववियूले त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गर्यो

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । १० बुँदे माग पत्र लिएर उपकुलपतिलाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

‘१० बुँदे माग लिएर उपकुलपतिलाई बुझाउन साथीहरु जानु भएको थियो । संगठनले उठाएको माग उपकुलपति वेवास्ता गर्नुभयो’ पराजुलीले भने,‘हामीले उठाएका माग सम्बोधन गर्नुपर्नेमा उल्टै उपकुलपति प्रहरी लगाएर हाम्रा साथीहरुलाई दमन गर्नुभयो । साथीहरुले प्रतिवाद गर्नेक्रममा उपकुलपतिको कार्यालयमा सामान्य तोडफोड हुन पुग्यो । त्यो सबै तोडफोडको सम्पूर्ण जिम्मा उपकुलपतिले लिनुपर्छ ।’

त्रिविमा प्रश्नपत्र आउट गर्ने, एउटै प्रश्नपत्र दोहो¥याएर छाप्ने,दलको आस्थाका आधारमा भर्ती गर्ने र आंगिक क्याम्पसमा निजी सरह शूल्क लिन थालेपछि ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाउन गएको पराजुलीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार