गठबन्धन सरकार मृत भइसक्यो, बोकेर हिँड्नु उपयुक्त छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताएका छन् ।

काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले चुनावअघि सरकार परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका थिए । यद्यपि, उनले यो सरकारको विकल्प भने अघि सारेनन् । उनले यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे ।

‘यो सरकार निष्प्राण र डेड भइसक्यो‘ । देशका लागि मृत भइसक्यो‘ । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?’उनले भने ‘यो सरकारका प्रत्येक अंग झर्दै जान्छन् । अस्ति एउटा अंग फत्र्याक्क झर्‍यो अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ रु जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ ।’

ओलीले यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको दाबी समेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार