संसदमा सांसदको प्रस्ताव- ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, केन्द्रमा ६ मन्त्री राखौँ’

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रस्ताव गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिटौलाले देशलाई श्रीलंकाको बाटोमा जान नदिन संघ र प्रदेशको सांसद संख्या घटाउन पनि आग्रह गरिन् । सिटौलाले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ, गृहलगायत ६ वटा मन्त्रालय राखेर बाँकीलाई प्रदेशमा राख्न सुझाइन् ।

“श्रीलंकालाई परिवारवादका टाट पल्टिएको कुरा आइरहेको छ । ऊसँग रूपमा फरक देखिए पनि नेपालका ठूला दलमा सारमा परिवारवाद देखिएको छ,” सिटौलाले भनिन्, “निर्वाचन आउँदै छ प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको लागि छलफल गरौा । स्थानीय तहलाई प्रदेशको मातहत राखौं । संघ र प्रदेशको जम्बो सांसद संख्या घटाएर सानौ बनाऔँ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार