चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् ।

‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाई छ।

त्यस्तै, अध्यक्ष नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी गरेका छन् । ‘पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौं’ उनले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको हो ।’

उनले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम ९एसपिपी० पनि पारित हुने बताएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार