नेपाली कांग्रेसका नेता दिव्यमणिराज भण्डारीले व्यापारीलाई बैंकको सञ्चालक बन्न रोक लगाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले आयोजना गरेको मौदि्रक नीति छलफलमा उनले व्यापारी नै बैंकको सञ्चालक बन्ने र अर्को बैंकबाट ऋण लिएर व्यापार गर्ने बैंकिङ संरचनाको अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘बैकिङको नियम कानुनले सीमित व्यक्तिमा लगानी बढेको छ । यसलाई नियन्त्रण कसरी गर्ने, बैंकका सीमित लगानिकर्ताका अन्य बैकसँगको लोन स्वापिङ रेसियो के छ ? एउटा समूहलाई प्रोटेक्सन गर्दा अरूलाई दुःख परेको हेर्नुपर्छ,’ उनले भने ।
स्वार्थ बाँझिने भन्दै सांसदलाई सञ्चालक हुन नदिएको तर व्यापारी बैंक सञ्चालक भएर कर्जा स्वाप गरेर लिन किन पाउने भन्दै उनले बैंकका सञ्चालक मालिक नभई रक्षक भएको बताएका छन् ।