एनबी बैंकमा डेपुटी सीइओसहित ६२ जनाले लिए स्वच्छिक अवकास, ३० महिनासम्मको तलव एकमुष्ठ पाउने

नेपाल बंगलादेश(एनबी) बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत सहित ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । नबिल बैंकमा गाभिने भएपछि एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । उच्च व्यवस्थापन तहमा कार्यरत २ जनाले मात्र स्वेच्छिक अवकास लिएका छन् । डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंह भीआरएस लिएका छन् । श्रेष्ठ र सिंहले १८ महिनाको तलब सुविधा लिएका छन् ।

एनबी बैंकले तल्लो तहमा कार्यरत मेसेन्जर तथा सवारी चालकको लागि ३० महिना तथा त्योभन्दा माथिल्लो तहका कर्मचारीलाई २४ महिना, सहायक तहका लागि २१ महिनाको तलव अधिकृत तहको लागि १८ महिनाको तलव र कार्यकारी तहका कर्मचारीको लागि १५ महिनाको तलव एकमुष्ठ दिने योजना स्वेच्छिक अवकास सम्बन्धी योजना ल्याएको थियो ।नबिल बैंकमा मर्जरमा जान लागेको बैंकले ६२ जना बाहेक अन्य सबै कर्मचारी लिएर एकीकृत कारोबार गर्दैछ।

सम्भवत यस्तो अभ्यास एनबि बैंकका कर्मचारीमा मात्र लागू भएको हुन सक्छ। अधिकांश बैंक वित्तीय संस्थाहरुमा भीआरएस रोज्ने कर्मचारीहरुलाई एकै अवधिको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गर्ने अभ्यास छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार