मूल्यवृद्धि नियन्त्रण लक्ष्यभन्दा बाहिर गइरहेको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताएका छन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए ।

प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताए । प्रोत्साहन प्याकेज ल्याएका विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताए ।

‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो,’ गभर्नर अधिकारीले भने,’ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिती घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि !’

रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उनको भनाइ छ । तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार