नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा विशेष जोड

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुन् । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका प्रमुख लिउले सुरुमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गरे । नेपालमा राजतन्त्र रहँदा दरबारसँग नजिक रहेको चीनले २०६२र६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएपछि नेपाल सरकारसँग पटकपटक एक चीन नीतिको विषयमा प्रतिबद्धता खोज्दै आएको छ । नेपालको भूमि प्रयोग गरेर आफ्नो मुलुकलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ । नेपालमा अमेरिकी सहयोग एमसीसी परियोजना लागू भएपछि आफ्नो विरुद्ध गतिविधि बढ्न सक्ने संशयका कारण चीनले नेपाल भ्रमणलाई पछिल्लो समय विशेष प्राथमिकतामा राखेको छ । आजको राजधानी दैनिकमा समाचार छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार