रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने

काठमाडौं । युवा ब्याटर रित गौतमले न्युजिल्यान्डको ‘बाइवाइड प्रिमियर मेन्स’ प्रतियोगिता खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रितले प्रतियोगिता खेल्ने पुष्टि गरेको हो । प्रतियोगिताका लागि रितलाई गेस्टार सिटी सिसीले अनुबन्ध गरेको छ ।

यु १९ उमेर समूहमा राष्ट्रिय टिमबाट दुई सतक बनाउने कीर्तिमान रितले बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार