काँग्रेसको पदाधिकारी बैठक सुरु , कोइराला पक्ष छुट्टै छलफलमा

नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘कार्यव्यस्तताका कारण सभापतिज्यू आजको बैठकमा पनि सहभागी हुनुहुन्न । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ।’ बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् । तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।

कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी भएका छन् । बैठकमा संस्थापन पक्षीय पदाधिकारीका साथै केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउद, जीवनबहादुर शाही पनि सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार