पछ्यौरीबारे इन्दिरा भन्छिन्, ‘अरूले गर्दा ट्रेण्ड बन्छ, हामीले त्यही प्रयोगमा ल्याउँदा कपी’

नयाँ गीत पछ्यौरी विवादमा आएपछि इन्दिरा जोशीले आफ्नो प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै हामी साउण्ड र टेक्नोलोजीमा धेरै पछाडि रहेको र विचारमा त्योभन्दा पनि पछाडि रहेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘बेकारमा टन्नै आलोचना खेप्नुपर्ने। अबदेखि इन्टरनेशनल स्टाइललाई नेपाली स्टाइलमा समावेश नगर्दा नै वेस होला। अरूले त्यही काम गर्दा स्टाइल र ट्रेण्ड हुन्छ। तर, हामी आफूले प्रयोगमा ल्याउँदा कपी।’

साथै उनले बल्कन बिट बक्सको हर्माटिको बोलको गीत पनि सार्वजनिक गरेकी छन्। जसमा प्रयोग भएका वाद्यवादन सामग्री र ट्युन इन्दिराको पछ्यौरीसँगै कपी गरिएको भनिएको टक डर्टी टु मिसँग पनि मिल्दो छ। इन्दिराले यो पोस्ट मार्फत त्यो ट्युनमा कसैको कपिराइट नरहेको र बिट र बाजा एउटै भएका कारण उस्तै सुनिनु सामान्य कुरा रहेको दाबी गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार