यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ०९ पैसा र बिक्री दर १२८ रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार