आलोचनापछि बालेनले भने- ‘यमबुद्धको सालिक मेरो तलबबाट बनाउँछु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।

महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको बेला मेयर शाहले  यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस् ।’

मेयर शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकट र्‍यापरको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । विरोधपछि साे निर्णयबाट उनी पछि हटेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार