३२ एसपी एसएसपी बढुवामा सिफारिस, निर्मला पन्त प्रकरणका विष्ट पनि सूचीमा

गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा भएका छन्। त्यस्तै, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार