सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार