युभेन्ट्समा अर्जेन्टिनी मिडफिल्डर डी मारिया अनुबन्धित

इटालियन क्लब युभेन्ट्सले अर्जेन्टिनीका मिडफिल्डर एन्जल डी मारियालार्य भित्राएको छ । सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका डी मारियाले २२ नम्बरको जर्सी लगाउने भएका छन् । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए । पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार