बुढीगंगामा एकहजार मत गणना, एमालेको अग्रता कायमै

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता बढाउँदै लगेको छ ।शुक्रबार साँझसम्म एकहजार मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ४२७ मत ल्याएका छन् । उनीहरूबीच ९३ मतको अन्तर छ । यसअघि ८०० मत गणना हुँदा उनीहरूबीच ५० मतको फरक थियो ।उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ५१५ ल्याएकी छन् ।

कांग्रेसकी रिता शाहले ४३५ मत ल्याएकी छन् ।अहिले वडा नम्बर १ र १० मत गणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार